आलम मुद्दाकाे बहस पैरवी जारीः आलम पक्षका १७ अधिवक्ताले बहस गरिसके, अझै बाँकी

Investopaper, कार्तिक २९, २०७६

रौतहट । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दामा हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस जारी छ ।

आलमको पक्षमा हालसम्म १७ जना अधिवक्ताले बहस गरिसकेका छन्, जसमा पूर्व वार अध्यक्षहरू, महान्यायाधिबक्ता सहित बरिष्ठहरू समाबेश छन । हिजो ६ जना अधिवक्ताले बहस गरेकोमा आज बाँकीले बहस गरिरहेका छन् । गत विहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

सरकार र जाहेरवालातर्फका कानुन व्यावसायिको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *