सेयर बजारमा चलखेल

सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ । धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।

अस्वाभाविक रूपमा सेयर मूल्य बढ्ने कम्पनीले कम मात्र सेयर सर्वसाधारणलाई जारी गरेका छन् । सीमित व्यक्तिसँग मात्र सेयर भएकाले ती सेयर ‘कर्नरिङ’ गरी चलखेल गरेर मूल्य बढाइएको हुन सक्ने अध्ययनको निष्कर्ष छ ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणले समेत सेयर बजारमा ठूलो उतार चढाव आउने गरेको अध्ययनमा उल्लेख छ । 

धितोपत्र बजार हल्ला तथा बजार प्रवृत्तिमा आधारित हुने गरेकाले यसमा सुधार ल्याउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *