हेर्नुहोस् नेप्से १८०० माथि पुग्दा किनेको बैंकको शेयरमा नाफा कमाउन अझै कतिले बढ्नु पर्छ।

नेप्से १८०० को बिन्दुमा उक्लेको बेला शेयर किनेर फाइदा नकमाई बेच्दिन भनेर मनसाय बनाउनु भएको छ भने तल हेर्नुहोस् तपाईले किनेको बैंक समूहको शेयर फाइदामा आउन अझै कति प्रतिशतले बढ्नुपर्छ भनेर। तलको तथ्यांक हामीले २०७३ साल साउन १२ र २०७६ साल जेष्ठ २३ को शेयर मूल्यकोआधारमा तयार पारेका छौ। यदि १८०० भन्दा माथि शेयर किन्नु भएको थियो भने जान्नुहोस् आझै कतिले शेयर मूल्य बढ्यो भने तपाई फाइदामा पुग्नुहुन्छ भनेर।

तलको टेबलमा नेप्से १८८१ को बिन्दुमा पुगेको बेला बैंकको शेयर मूल्य कति सम्म चुलिएको थियो भनेर कोलुम १ मा देखाइएको छ। यस्तै कोलुम २ मा अहिलेको बजार मूल्य देखाइएको छ। कोलुम ३ मा राइट, बोनस र नगद लाभांश समायोजन गर्दा कति मूल्यमा तपाई बराबरमा आउनु हुन्छ भनेर देखाइएको छ। यस्तै अहिलेको मूल्यको कति प्रतिशतले शेयर उकालो लागे तपाईले आफ्नो लगानीको साँवा निकाल्न सक्नुहुन्छ भनेर अन्तिम कोलुममा देखाइएको छ।

माथि देखाइए अनुसार कुमारी र एनसीसीका शेयरधनीहरु फाइदाको क्षेत्रमा छन् भने प्रभुका पनि लगभग धेरै घाटामा छैनन्। यस्तै लक्ष्मी, एसबिआई, सिद्धार्थ र स्टाण्डर्ड चार्टड शेयर मूल्य अझै १०० प्रतिशत भन्दा बढिले बढे मात्र लगानीकर्ताले आफ्नो साँवा मूल्य भेट्नेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *