पोर्चुगलले उचाल्याे नेसन्स लिगको ट्रफी

Investopaper, जेष्ठ २७, २०७६

पोर्चुगलले यस वर्षकाे युईएफए नेसन्स लिग फुटबलको उपाधिमा कव्जा जमाउदै ट्रफी उचालेकाे छ । पाेर्चुगलले इगल्याण्ड र नेदरल्याण्डले स्विटजरल्याण्डलाइ हराउदै फाइनलमा प्रवेश गरेका थिए ।

आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो ।

दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । खेलकाे दाेश्राे हाफमा पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो, जुन निर्णायक गाेल हुन पुग्याे ।

एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो । बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो ।

त्यसैगरी तेश्राे स्थानकाे लागि हिजै राति भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा इगल्याण्ड विजयी भएकाे छ । खेलकाे निर्धारित समय ९० मिनेटसम्म इगल्याण्ड र स्विटजरल्याण्ड दुवै टिम गाेल गर्न असमर्थ रहे । अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गाेल हुन नसकेपछि खेल ट्राइव्रेकरमा पुग्याे । ट्राइव्रेकरमा ६-५ काे गाेल अन्तरले इगल्याण्डले विजय हात पार्याे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *