अनाैठाे गाउँ जहाँ दश वर्षदेखि छोरीमात्र जन्मेका छन्
इन्भेष्टोपेपर । जेष्ठ १८, २०७८
विश्वमा केही यस्ता ठाउँ छन् जो त्यहाँको मौसम, प्रकृति वा विकासका कामले चर्चित छन् । तर विश्वमा एक यस्तो गाउँ छ जहाँ केवल छोरीको मात्र जन्म हुने गरेको छ ।
पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउमा पछिल्लो एक दशकयता अर्थात सन २०१० यता छोराको जन्म भएको छैन । अर्थात विगत १० बर्षदेखि यस गाउँमा छोरी मात्र जन्मिएका छन् । यस गाउँमा छोरी मात्र जन्मन्छन् भन्ने विषयको खुलासा तब भयो जब अग्निशामकोको यूवा स्वयम्सेवकलागी एक क्षेत्रीय प्रतियोगितामा पूरै टिम केवल केटीको मात्र थियो ।
१० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताएका छन् । स्वयं मेयर पनि २ छाेरीका पिता हुन ।
ओद्रजेनस्की गाँउमा ९२ घरमा करिब ३ सय मानिसको बसोबास रहेकाे छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । समग्र पाेलाण्डकाे तथ्याँङ्क भने केटीकाे भन्दा केटाहरूकाे जन्मदर बढी छ । सन् २०१७ काे डाटा अनुसार बर्षभरिमा २ लाख ७ हजार केटा तथा १ लाख ९६ हजार केटीहरू जन्मिएका थिए ।
साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएका छन् ।
— एजेन्सीकाे सहयाेगमा
