अन्तरदेशीय पाईपलाइन उद्घाटन कै दिन पेट्रोलियम पदार्थको मूल्य समायाेजन

Investopaper, भाद्र २४, २०७६

अन्तरदेशीय पाइपलाइन उदघाटनकाे पूर्व सन्ध्यामा पेट्रोलियम पदार्थको मुल्य समायाेजन भएकाे छ । सरकारले भदौ २४ गते मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितलेको मूल्य प्रति लिटर २/२ रुपैयाँले घटाउने निर्णय गरिएको हो।

आजै जारी गरिएकाे विज्ञप्तिमा पेट्राेल, डिजेल र मट्टितेमा मूल्य घटाइएकाे भएतापनि हवाइ इन्धन र गखाना पकाउने ग्यासकाे मूल्य यथावत नै छ । अब काठमाण्डाैमा पेट्राेल प्रतिलिटर १०७ रूपैयाँ पर्ने छ भने मट्टितेल तथा डिजेल प्रति लिटर ९५ रूपैयाँ पर्ने छ । यसै गरि तराइका जिल्ला तथा पाेखरा र दांगकाे लागि छुट्टाछुट्टै मूल्य कायम गरिएकाे छ ।

२०७१ सालको स्वत: सञ्चालित मूल्य संरचना लागू गर्ने नेपाल सरकार र आयल निगम सञ्चालक समितिको निर्णय पश्चात आयल निगमले पेट्रोलियम पदार्थको २५ पटक मूल्य घटाएको छ भने १८ पटक मूल्य बढ्ने गरि समायोजन गरेको विज्ञप्तीमा उल्लेख छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *