अब भोली कुन बैंकको शेयर किन्ने त ? अघिल्लो हप्ता कुन बैंकको शेयरधनीले कमाए?

अघिल्लो हप्ता ११२७.७७ बिन्दुमा बन्द भएको नेप्से यो हप्ता २७.७३ अंकले बढेर ११५५.५० बिन्दुमा बन्द भयो। मंगलबार नेप्से यो हप्ताकै सबै भन्दा उच्च बिन्दु ११६३.२६मा पुगेको थियो। बुधबार तेह्र अंकले घटेको नेप्से प्यानको अन्यौलता समाधान भए संगै फेरी ५ अंकले उकालो लाग्दै ११५५.५० बिन्दुमा बन्द भयो। यो हप्ता बैंकिङ इन्डेक्स ९६३.२३ बाट उक्लेर ९९७.९६ मा पुगेको छ।

नेपाली लगानिकर्ताहरुमा बैंकको शेयरमा लगानी गर्ने इच्छा सधैंनै पाइदै आएको छ। यसकारण पनि घटेको सेयर बजारमा राम्रा कम्पनीको सेयर किन्नु उचित देखिन्छ। यो हप्ता सेयर उकालो लाग्दा कुन बैंकका लगानीकर्ताले धेरै कमाए त?

 

 

माथी टेबलमा देखिए जस्तै हिमालयन बैंकका सेयरधनीले ६.४७ यो हप्ता  प्रतिशतले कमाए। यसैगरी स्टाण्डर्ड चार्टड बैंकको सेयर पनि   ६.०० प्रतिशतले उकालो लाग्यो। नेपाल बङलादेश, प्रभु , सिद्धार्थ, एभरेस्ट नबिल , इन्भेस्टमेन्ट र मेगा बैंक का  सेयर पनि ४ प्रतिशत वा बढीले उकालो लाग्यो।यो हप्ता सिभिल बैंक बाहेक कुनै पनि बैंकको सेयर मुल्यमा गिरावट आएको छैन्।

बैंकको बिचमा मेगा मर्जर हुने कुरा चलिरहेको अवस्थामा सस्तो मुल्यको सेयर किनेर बस्नु पनि एउटा राम्रो लगानी रणनिति  हुन सक्छ। प्यानको समस्या समाधान भएको कारण लगानीकर्तामा पनि सकारात्मक सोच आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *