च्यामपियन्स लिगको ड्र सार्वजनिक, कसको जित्ने चान्स बढी?
आज भएको च्यामपियन्स लिगको ड्रले फुटबल प्रेमीलाई झन उत्साहित बनाएको छ। साविकको विजेता रियल म्याड्र्ड बाहिरिए संगै यो वर्ष नयॉ टिमले उपाधि उचाल्ने पक्का भएको छ। त्यसैले यो वर्षको च्यामपियन्स लिग अझै बढी रोमान्चक भएको छ।
आज स्विटजरल्यान्डको न्योन मा सार्वजनिक भएको ड्र अनुसार क्वाटर फाइनल राउण्डमा इंगलाण्डका दुई क्लब म्यान्चेस्टर सिटी र टोटेन्हाम भिड्ने भएका छन्।
यसैगरी पिएसजीलाई स्तब्ध बनाएको म्यान्चेस्टर युनाइटेड र स्पेनको ठूलो क्लब बार्सिलोना एक आपसमा भिड्ने छन्। अर्को खेलमा अघिल्लो संस्करणको उपविजेता लिभरपुल र पोर्चुगिस क्लब पोर्तो भिड्ने छन्।
रोनाल्डोको ह्याट्रिकले अन्तिम आठमा ठाउँ बनाएको युभेन्टस भने रियल म्याड्रिडलाई स्तब्ध बनाएर प्रबेश गरेको नेदरल्याण्ड क्लब आयाक्स संग भिड्ने छ।
सेमी फाईनल मा भने लिभरपुल/पोर्तो को बिजेताले म्यान्चेस्टर युनाइटेड/बार्सिलोना खेलको बिजेता सँग खेल्ने छ। यसै गरी युभेन्टस/आयाक्स को बिजेताले म्यान्चेस्टर सिटी र/टोटेन्हाम को बिजेत सँग खेल्नु पर्ने छ। पहिलो लिग अप्रिल ९-१० मा हुने छ भने दोस्रो लिग अप्रिल १६-१७ मा हुनेछ।
यसपालिको लिगको पहिलो दाबेदार इंगलिस क्लब म्यान्चेस्टर सिटीलाई मानिएको छ। यस्तैगरी बार्सिलोना र युभेन्टसलाई क्रमश दोस्रो र तेस्रो नम्बरमा उपाधि उचाल्ने दाबेदार मानिएको छ।
