अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

इन्भेष्टोपेपर । असार २८, २०७७

काठमाडौं । भारतीय सिने जगतका महान अभिनेता अमिताभ बचन तथा वहाँका छाेरा अभिनेता अभिषेक बचनमा कोरोना संक्रमण पाइएको छ । अमिताभ वचन स्वयंले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
तर उहाँका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।

अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनु भएको छ । भारतीय संचार माभ्यमका अनुसार उहाँहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र उपचार चलिरहेकाे छ ।

अमिताभले उहाँसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । ( एजेन्सी )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *