आँधिखोला लघुवित्तको शेयर सूचिकरण, आजदेखि कारोबार शुरू
Investopaper, भाद्र ०९, २०७६
आँघिखोला लघुवित्तको आईपीओ सहित कूल १० लाख कित्ता शेयर नेप्सेमा हिजाे आइतबार सूचीकृत गरेको छ। कम्पनीकाे आअाज भदौ ९ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुचारु हुने छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि AKBSL कारोबार संकेत प्रदान गरेको छ । आज सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको शेयर खरिद विक्री गर्न सकिने छ ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यहि रेन्जभित्र शेयर काराेवार हुने छ ।
