आगजनीबाट ध्वस्त पारिएकाे कोटेश्वर स्थित भाटभटेनी भाेली शनिबारबाट खुल्दै
इन्भेष्टाेपेपर । माघ २३, २०८२
काठमाण्डाैँ । भदौ २४ गतेकाे जेन-जी आन्दाेलमा भाटभटेनी सुपर मार्केटका देशभरका २० वटा शाखामा आगजनी भएकाे थियाे । पुनः मर्मत सम्भारगरि कोटेश्वरस्थित भाटभटेनी भाेली शनिबारबाट खुल्ने भएको हाे ।
भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ– “आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।”
भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
“यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
