प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

Investopaper, कार्तिक २९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय कार्यरत ११ जना कर्मचारी मध्ये ६ जनाको राजीनामा स्वीकृत गर्नुभएकाे छ ।  बालुवाटार स्रोतका अनुसार बाँकी ५ जनाकाे  राजीनामा हालसम्म स्वीकृत भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सचिवालय पूरै हेरफेर गर्ने बताउनु भएकाे थियाे। साेही अनुसार सचिवालयका सबैले सामूहिक राजीनामा दिएका थिए। 

राजीनामा स्वीकृत हुनेहरूमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेल हुनुहुन्छ । 

प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहेका छन्।

मंसीर १ गतेदेखि लागू हुनेगरी उनीहरुलाई बिदा दिइएको बुझिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *