उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीच सम्झौता

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीच सम्झौता सम्पन्न भएको छ ।

मिति २०७६ भाद्र १२ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल को तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।


यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउ¤दा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन ।


काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *