सेजनको निर्वाचान सम्पन्नः अध्यक्षमा भीम गौतम विजयी

Investopaper, भाद्र १३, २०७६

काठमाण्डाै – आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा गौतमले मोदनाथ ढकाललाई १० मतले पराजित गरेर २ वर्षे कार्यकालको लागि अध्यक्षमा विजयी हुनुभएको हो ।

उपाध्यक्ष पदमा भने सरस्वती ढकाल र विष्णु बेलबासेको ८३/८३ बराबर मत आएपछि गोलाप्रथामार्फत सरस्वती ढकाल विजयी हुनुभएको छ।

त्यस्तै, महासचिवमा सुजन ओली निर्वाचित हुनुभएको छ । ओलीले अच्युत पौडेललाई ४० मतले पराजित गर्नुभएको हो । ओलीले १३५ र पौडेलले ९५ मत पाउनुभयो ।

त्यसैगरि, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित हुनुभयो । सदस्यहरूमामा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगाना, हिमा विक, र कमला अर्याल विजयी भएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *