एउटै बीमालेखमा पति-पत्नीको बीमा नगर्न समितिको निर्देशन
फागुन ०८, २०७६ | Investopaper
एउटै जीवन बीमालेखमा पति / पत्नीको सुरक्षण लाभ समावेश नगर्न बीमा समितिले निर्देशन दिएको छ ।
वीमा समितिले हिजाे फाल्गुण ७ गते परिपत्र जारी गर्दै स्वीकृती लिएका र स्वीकृतीका लागि पेश हुने जीवन बीमालेखहरुमा पति-पत्नीको सुरक्षणको लाभ समावेश नगर्न निर्देशन दिएको हो ।
केही जीवन बीमा कम्पनीहरुले एक जनाको बीमा शुल्क लिएर दुवै जनाको जोखिम बहन हुने गरी दम्पति बीमा योजनाहरु बिक्रि गर्दै आईरहेका परिप्रेक्षमा यस्ताे निर्देशन जारि भएकाे हाे ।

