मेटलाईफको ह्याबिट्याट फर ह्युम्यानिटिलाई काभ्रेमा पुननिर्माणका लागि सहयोग

इन्भेष्टोपेपर,  फागुन ८, २०७६

मेटलाईफ नेपालका एक सय तीस जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।

स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठसंगै हेड अफ अपरेसन, राम कुमार यादव सामेल हुनुहुन्थ्यो । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसंगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।

“मेटलाइफले पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गर्न पाउँदो गौरव महसुस गरेको छौं । हामी हरेक दिन विश्वका लाखाँै ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो । स्वंयसेवाको कार्यले हामीलाई स्थानिय समुदायसंग अन्र्तकृया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार संगसंगै काम गर्ने, उनिहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनिहरुको आवश्यकता बुझ्ने मौका पायौँ ।” भनी निर्मलकाजी श्रेष्ठले भन्नुभयो ।

मेटलाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेटलाइफका ८,१०० भन्दा बढि स्वयंसेवीले एसियाका ९ देशमा २५,००० भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।

मेटलाइफको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आºना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *