एटिएमबाट पैसा निकाल्ने सीमा घटाइयाे, अन्य शुल्क लिन नपाइने

Investopaper, भाद्र २०, २०७६

चिनियाँ अपराधीहरूले सिस्टम ह्याकगरि ५ घण्टाभित्र ठूलाे धनराशी एटिएम मेसिनबाट निकालेपछि अव एटीएमबाट प्रतिदिन ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी यस्तो सीमा घटाएको हो । यसअघि यस्तो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

नयाँ व्यवस्थाअनुसार एटीएमबाट पैसा निकाल्दा अब एक पटक २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। यसअघि यस्तो सीमा प्रतिपटक २५ हजार रुपैयाँ थियो। देशकाे अवस्था र साइवर सुरक्षालाइ मध्यनजरगर्दै सीमा घटाइएकाे जानकारी गराइएकाे छ ।

यस्तै, कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट पीओएस मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्नु पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *