कृषि विकास बैंक लि. द्वारा शंकरदेव क्याम्पसलाई सहयोग प्रदान

Investopaper, भाद्र १९, २०७६

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शंकरदेव क्याम्पसका कक्षा कोठाहरूमा राख्नकाे लागि ५० थान भित्तेघडी क्याम्पस प्रमुख श्री कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

“राष्द्रिय वाणिज्य दिवस” को अवसरमा कृषि विकास बैंक लि. पुतलीसडक र शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको संयुक्त आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित Student Career Counseling and Networking विषयक कार्यक्रममा उक्त सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

त्यसैगरी बैकका कार्यकारी प्रमुख अनिल कुमार उपाध्यायले व्यवसाय प्रर्वधन कार्यक्रम अन्तर्गत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप रु ५० हजारको चेक समेत अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठलाई प्रदान गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद ज्ञापन गर्नुभयाे । बैंक तथा क्याम्पस बिच लामो समयदेखि व्यवसायिक सहकार्य रहेकोमा अवका दिनमा अझ प्रगाढ सम्वन्ध र सहकार्यको अपेक्षा रहेकाे बताउनु भयाे ।

वहाँले कृषि विकास बैंक लि. देशको अग्रणी बैंक तथा बैंकिङ क्षेत्रको महत्वपूर्ण घटकको रुपमा रही अर्थतन्त्रमा योगदान गर्दै आएको स्मरण गराउनु भयाे । यसैगरि शहर देखि ग्रामिण क्षेत्र सम्म कार्यक्षेत्र रहेको बैंकले कृषि, पशु तथा विपन्न वर्ग, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरि गरिब जनताको आर्थिक अवस्था सुदृढ गर्दै कर्जा लगानी मार्फत उद्योग तथा व्यापारको विकासमा समेत सहयोग पुर्याउदै आएको कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहभागी विधार्थीसँग अन्तरक्रिया गर्दै बैंकमा अत्याधुनिक तथा सुरक्षति Core Banking Software रहेकाे, cyber invasion/ Hacker ले बेलावेलामा गर्ने आक्रमण प्रति बैंक सचेत रहेको जानकारी गराउनु भयो । बैंकले नेपाल सरकारले ल्याएकोे सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रथामिकताका साथ कार्यन्वयन ल्याएको र भविष्यमा ग्राहकका आवश्यकता तथा समयको माग अनुसार बैंकका सेवाहरुमा विस्तार गरिने बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य तथा अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठले छुट्टा /छुट्टै “टोकन अफ लभ” प्रदान गर्नुभयो ।

अन्य बैंक, बिमा तथा विभिन्न कम्पनीका प्रबुद्ध व्यक्ति सहभागी रहेकाे सो कार्यक्रममा बैंकका उप महाप्रबन्धक प्रताप सुवेदी, विभागिय प्रमुख ध्रुवचन्द्र गौतम, क्षेत्रीय कार्यालय काठमाण्डौंका निर्देशक करुणचन्द्र घिमिरे तथा पुतलीसडकका प्रबन्धक प्रकाश पाण्डेकाे समेतको उपस्थिती रहेको थियो ।



Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *