एनआईबीएलले पनि शुरू गर्याे “भी-प्रिपेड इंटरनेशनल कार्ड”

इन्भेष्टोपेपर । चैत्र १४, २०७७

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले “एनआईबीएल भी-प्रिपेड इंटरनेशनल कार्ड” शुरू गरेको छ। भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रति वर्ष को सारा बिश्वभर ई-कमर्स भुक्तान गर्न सक्दछन्। बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *