एनएमबि बैंक प्रगति पथमा, सबै सूचांकहरूमा सुधार

Investopaper, कार्तिक २९, २०७६

एनएमबि बैंक प्रगति पथमा लम्किरहेकाे आभाष दिनेगरि प्रथम त्रैमासकाे प्रगति पस्किएकाे छ । एनएमबि बैंकले अधिकास सूचकमा सुधारसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ८१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । गतबर्षको यसै अवधिमा बैंकको नाफा ५५ करोड थियो ।

बैंकको तीन महिनाको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार आएको छ भने संचालन खर्च समेत घटाउन सफल भएकाे छ ।

समिक्षा अवधिमा बैंकले एक खर्ब २१ अर्ब ९१ करोड निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । ओमलाई गाभेपछि बैंकको निक्षेप र कर्जाको आकार खर्ब नाघेको छ । बैंकको निक्षेपमा २४.५४ प्रतिशत तथा कर्जा २४.६७ प्रतिशतले बृद्धी भएकाे छ ।

एनएमवि बैंकका प्रमुख वित्तीय सूचांकहरूः

  • बैंकको चुक्ता पूँजी पनि करिब २० प्रतिशतले बढेर ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
  • जगेडा कोषमा करिव ४ अर्ब ७० कराेड रकम जम्मा गरेको छ ।
  • बैंकको  प्रतिशेयर आम्दानी बढेर २८ रुपैयाँ २८ पैसा कायम भएकाे छ ।
  • प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ ४० पैसा छ ।
  • बैंकको खराब कर्जा सामान्य बढेर १.९७ प्रतिशत पुगेको छ ।
  • बैंककोे मूल्य आम्दानी अनुपात १३.५१ गुणा रहेकाे छ ।,
  • आधार ब्याजदर १०.३३ प्रतिशत,
  • कोषको लागत ७.११ प्रतिशत,
  • पूँजी पर्याप्तता अनुपात १५.८१ प्रतिशत र
  • सीसीडि ७७.२७ प्रतिशत रहेको छ ।

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछिको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *