एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न
इन्भेष्टोपेपर । जेष्ठ ११, २०७८
एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २६औं वार्षिक साधारण सभा जेठ १० गते प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भयो ।
दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।
