एसईईका तीन सेलिब्रेटी र सबैले सिक्नु पर्ने सामाजिक दृष्टान्त

Investopaper, असार १३, २०७६

यस पटककाे माध्यमिक शिक्षा परीक्षाकाे नतिजा प्रकाशन भएकाे छ । नयां नियमानुसार सवै जना सफल हुनुभएकाे छ, मात्र कसैले पुरक परीक्षा दिनु पर्ने छ, सवै परीक्षार्थी बधाइकाे पात्र हुनुहुन्छ ।

याे पाली एसइइकाे परीक्षामा सामेल हुुनुहुने तीनजना सेलिब्रेटी माननीय सांसद शान्ता चाैधरी, बरिष्ट कलाकार/हिराेइन/सिनेकर्मी करिष्मा मानन्धर तथा ६९ वर्षकाे उमेरमा पढन जांगर चलाउने (नातिसंगै परीक्षा दिने) युगमाया कार्की उतिर्ण हुनुभएकाे छ ।

सांसद चाैधरीले कुनै एक विषयमा डिग्री हासिल गर्ने अभिलाषा व्यक्त गर्नुभएकाे छ भने रूचिकाे बिषय कानून तथा समाजशास्त्रलाइ ओेैल्याउनु भएकाे छ । त्यसैगरी मानन्धरले पिएचडि गर्ने प्रतिवध्दता गर्नु भएकाे छ । दुवैजनाले सरकारी कलेजमा पठनपाठन जारी राख्ने कुराले अवश्य अहम् महत्व राख्दछ ।

वहाहरूकाे संलग्नताले शिक्षाकाे महत्वलाइ राम्रैसंग उजागर गरेकाे छ । यसका साथै पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहारण पनि देखिएको छ । पद, पैसा, मान सम्मान, जहानपरीवारकाे जंजाल र पारीवारिक बाेझलाइ समेटदै ओेैपचारिक शिक्षाकाे अपरिहार्यतालाइ आत्मसात गर्नु महान कार्य हैन त ?

कसैले मानुन या नमानुन, देख्दा र सुन्दा साधारण लागेपनि भावी पुस्ताले धेरै कुरा सिक्न सक्नेगरी सामाजिक दृष्टान्त कायम भएकाेछ । वर्तमान समाजले पनि चिन्तन मनन गर्दा तथा अनुसरण गर्दा राम्रै हुदैनर ?


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *