कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पुस १७, २०७६ | Investopaper

कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा मिति २०७६ पुस १७ गते बिहीबारका दिन काठमाडौं डिल्लीबजार स्थित अमृत भोग क्याटेरर्समा मा सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य श्री सुदिप आचार्यले बताउनु भयोे ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुन आउने रकम रु. १७,२७,३३,२८४/– नगद लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष्य श्री सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नु भएको थियो । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो ।

बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्ष्यतामा बसेको साधारणसभामा बैंकका सञ्चालक श्री चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने सञ्चालक श्री भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापनगर्नु भएको थियो । शेयरधनीहरुले उठाउनु भएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष्य श्री सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्री हरि प्रसाद लम्सालले गर्नुभएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *