इंग्लिस प्रिमियर लिग : लिभरपुलको अविजित यात्रा कायमै, शेफिल्ड २–० ले पराजित

investopaper,  पौष १८,  २०७६ 

काठमाण्डौ– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको  छ । लगातार ३७ खेलसम्म हारकाे मुख नदेखेकाे लिभरपुलकाे अविजित यात्रा कायमै रहेकाेछ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोल गरे । खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुलले एक गोलको अग्रता कायम राख्यो ।

खेलको ६४औँ मिनेटमा मानेले एक गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल शेफिल्डविरुद्ध दुई–शून्य गोल अन्तरले विजयी भयो । 

यो जितसँगे लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ । 

आठौँ स्थानमा रहेको शेफिल्डको २१ खेलमा २९ अङ्क छ ।

English premier league 2019/020 points table

 — एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *