कृषक र कृषिकर्म : साप्ताहिक माैसमी अवस्था तथा विविध कृषि ज्ञान
इन्भेष्टोपेपर । चैत्र ०८, २०७७
नेपाल कृषि प्रधान देश, जबसम्म कृषिकाे व्यवसायिकिकरण हुँदैन देशकाे अर्थतन्त्रले गतिलिन सक्दैन । खेतीपातीकाे लागी माैसम सम्वन्धी जानकारी हुन अत्यावश्यक छ । यसैगरि सहि समयकाे पहिचान, उन्नत / सिफारिस गरिएका जातहरूकाे बारेमा जानकारी, लगाउने तरिका, स्याहार सुसार तथा बाली संरक्षण सम्वन्धि जानकारी अपरिहार्य हुन्छ ।
समस्त कृषकले कृषिकर्म र साप्ताहिक माैसमी अवस्थाकाे बारेमा समय सान्दर्भिक जानकारी लिइ लाभान्वित हुनसक्ने भएकाले राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा प्रकाशित साप्ताहिक ( चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म) कृषि-मौसम सल्लाह बुलेटिनलाइ साभार प्रस्तुत गरिएकाे छ ।
मौसमी सारांश:
गत सातामा देशका अधिकांश स्थानहरुमा अधिकतम तथा न्यूनतम तापक्रम साप्ताहिक सरदर भन्दा बढी मापन गरिएको छ भने गण्डकी प्रदेशको हिमाली र उच्च पहाडी भ-ूभाग तथा प्रदेश नं -१ को हिमाली भ-ूभाग बाहेक अन्य भ-ूभागहरुमा साप्ताहिक सरदरभन्दा कम बर्षा मापन गरिएको छ।
आगामी साताको शुरु र अन्त्यमा पश्चिमी वायुकाे आांशिक प्रभावका कारण सूदुर-पश्चिम कर्णाली प्रदेशको हिमाली क्षेत्रमा हल्का देखि मध्यम र अन्य प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भ-ूभागमा साताको शुरू र अन्त्यतिर हल्का हिमपातको सम्भावना छ।
यस साताको शुरू र अन्त्यतिर पहाडी भभुागका केही स्थानहरुमा मेघगजनय /चट्याङ्ग सहित हल्का बर्षाकाे सम्भावना छ। तराईका भ-ूभागहरुमा साताभरि नै आंशिक बदलीको सम्भावना छ।
देशका तराई तथा पहाडका धेरैजसो स्थानमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम अधिल्लाृ साता भन्दा हल्का बढ्ने र हिमालतिर तापक्रममा उल्लेखनिय परिबर्तन नहुने देखिन्छ। तर सुदुर-पश्चिम र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा भने न्यूनतम तापक्रम अधिल्लो साता भन्दा हल्का घट्ने देखिन्छ।
कृषि सारांश:
२१ दिन भईसकेको चैते धानको बेर्ना रोप्नुहोस्।
गहुँ बालीमा पहेँलो सिन्दूरे रोगको प्रकोप देखिएकोले प्रकोप ज्यादा भएको स्थानमा रोकथामको लागि मेटाल्याक्सिल १.५ ग्राम प्रति लिटर पानीको दरले १० दिनको फरकमा दुई पटकसम्म सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
आपँ को कोयामा लाग्ने घुनको प्रकोप हुने बगैँचाहरुमा एसीफेट ७५% एस.पी., २ एम.एल. प्रति लिटर पानीमा मिसाएर बाेटका हाँगाहरुमा र हाँगाको कापमा १५ दिनको फरकमा ३ पटक (फूल फुल्नु पहिला, फुल झरी सकेपछि र फल केराउ/लप्सीकाे दाना जत्रो भएको अवस्थामा) बेलुकीपख छर्नुहाेस।
उच्च पहाडमा फागुन-चैतमा गरिने आलु खेतीका लागि कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल सेतो-१, खुमल उज्वल जातहरूको बीउ मौसमको अवस्था हेरि रोप्नुहोस्। सकेसम्म बीउ आलुलाई नकाटी रोप्नुहोस्। ठूला दानालाई काट्नै परे कम्तिमा २ आँखा भएका स्वस्थ दाना मात्र काटेर रोप्नुहोस्।
जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरकमा २ दानाको दरले बीउ खसाल्नुहोस्।
काँक्रो, फर्सी समुहको लहरेबालीलाई फलकुहाउनेऔँसाबाट जोगाउनको लागि क्युल्युरयुक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरलेराख्नुहोस्। यस्तै फलफूल बालीमा मिथायल इयुजिनल युक्त बोटल ट्र्याप प्रति कठ्ठा १०-१२ ओटाको दरले राख्नुहोस्। साथैप्रत्येक२हप्तामा नयाँ ल्युरयुक्त बोटल फेर्नुहोस्।
बिभिन्न बालीहरुमा सेतो झिंगाले आर्थिक नाेक्सानी गर्नुका साथै भाइरस राेगहरु सानेहुँदा व्यवस्थापनको लागि नीमजन्य विषादी वा करन्ज तेलको प्रयोग गर्नुहाेस।
खोरेत र चरचरे विरुद्द खोप लगाउने समय भएकोले नजिकैको प्राबिधिकसँग सम्पर्कगरि आफ्नो पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्।
प्रजननको लागि कमन कार्प जातका माउ माछा छनौट गर्दा पाेखरीमा जालले माछा तान्नुभन्दा २४ घण्टा अगाडि माछालाई दाना दिन बन्द गर्नुहाेस साथै माउ माछालाई प्रजनन् पाेखरीमा लैजाँदा प्रयोग गरिनेभाँडा (ह्यामोक) मा आयोडिन नभएको ढिके ननु २-५ ग्राम प्रति लिटर पानीको दरले प्रयोग गर्नुहाेस।
ईन्कुवेशनमा प्रयोग गरिने पानीको तापक्रम २२-२६ डिग्री सेल्सीयस भएको अवस्थामा हर्माेन ईनजेक्सन लगाईएको अन्तिम समय देखि २४०-२६० डिग्री डे पुगेपछि स्पनिङ्ग शरुु भई ३६-४८ घण्टामा काेरलिन्छ। काेरलिएको २४ घण्टापछि खाद्य थैली सुक्नेहुँदा ह्याचलिङ्गलाई सरुुवाती आहारको रुपमा उमालेको अण्डाको पहेंलो भाग खुवाउनुहाेस।
डाले घाँस जस्तै-टाँकी, कोइरालो, भोर्ला, बकाइनो र साजको बीउ संकलन गर्ने समय भएकोले बीउको लागि पाकेको फल बोटबाट टिप्नु वा झार्नुहोस्। टिपेको फललाई राम्रोसँग घाममा सुकाएर प्लास्टिक वा टिनको भाडोमा बिर्को बन्द गरी ओभानो तर शितल ठाँउमा राखनुहोस्।
कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजे सम्म फोन गर्नुहोस्।
— साभार – कृषि-मौसम सल्लाह बुलेटिन – नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी
