कृषि विकास बैंकद्वारा भिम अस्पताललाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण तथा अस्पताल परिसरमा स्थापित एटिएम उद्घाटन

इन्भेष्टाेपेपर । माघ २६ २०७७

भिम अस्पताल भैरहवाको परिसरमा स्थापित कृषि विकास बैंक लि.काे एटिएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज बि.क.ले संयुक्तरुपमा समुदघाटन गर्नुभयो ।

यसैगरि कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत एकथान डिजिटल एक्सरे मेसिन समेत भीम अस्पतालकी मे.सु. डा. सकुन्तला गुप्तालाइ हस्तान्तरण गर्नुभयाे ।

उक्त कार्यक्रममा भिम अस्पताल भैरहवाकी मे.सु. डा. श्री सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साईकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आयस्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरीद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल एक्सरे मेसिन हस्तान्तरणले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको छ, यसका लागि प्रमुख कार्यकारी अधिकृत लगायत कृषि विकास बैंकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

सो कार्यक्रममा बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, विभागिय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थी, लगायत सामाजिक व्यक्तित्व, बैंक, अस्पतालका कर्मचारी, ग्राहक र सेवाग्राह्री को उत्साहजनक उपस्थिती रहेको थियो । कृषि विकास बैंंक लि. शाखा सिद्धार्थनगरका प्रवन्धक बाबुराम खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत चितवनका २ वटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटा लगायत देशका विभिन्न अस्पतालहरुलाई प्राविधिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको जानकारी गराउनु भयाे ।
 
जनतालाई प्रत्यक्ष्य सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको छ र यस्ता कार्यक्रमलाई अगामि दिनमा समेत निरन्तरता दिइने छ भन्नु हुदै बैंकबाट प्रदान गरिएका आधुनिक सेवाहरुलाई परिस्कृत गर्ने सन्दर्भमा ATM, QR Code, Mobile Banking,लाई प्राथमिकता दिदै आईरहेको छ यसलाई पूर्ण उपयोग गर्नका लागि सबैलाई अनुरोध समेत गर्नु भएको थियो । साथै किसानको हितको लागि बैंकले किसान कार्ड ल्याउने तयारीमा रहेको जानकारी गराउनु भएको थियो ।

ततपश्चात प्रमुख अथिति रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एवम् भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष्य श्री एकराज वि.क.बाट कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई डिजिटल एक्सरे मेसिन उपलव्ध गराएकोमा धन्यवाद दिदै यस्ता कार्यक्रम अन्य संस्था तथा व्यवसायिक व्यक्तिव्यबाट समेत गर्नुपर्ने बारेमा आफ्नो धारणा राख्दै अस्पतालको भावि योजनाको बारेमा समेत प्रकाश पार्नुभएको थियो । 
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *