कृषि विकास वैंकमा ३ जना संचालक निर्विराेध निर्वाचित
Investopaper, चैत्र १५, २०७५
कृषि बिकास बैंक लिमिटेडको आज हुने साधारणसभा अगावै सर्ब साधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरू निर्बिरोध निर्वाचित हुनु भएको छ ।
निर्बिरोध निर्वाचित हुनेहरूमा श्री सन्जिब पौडेल, श्री हरि प्रसाद पराजुली र श्री बिनोद गुरागाई हुनुहुन्छ ।

तीनै जना संचालक वैंकर्स हनुहुन्छ भने दुई जना संचालक संजिव पाैडेल तथा हरि प्रसाद पराजुली कृषि बिकाश बैंकबाट सेवानिबृत्त पूर्व कर्मचारी हुनुहुन्छ । वहांहरूकाे कार्यकालमा बैंक, शेयरधनि तथा सेवाग्राहीको हितमा काम हुने अपेक्षा सबैले गरेका छन ।
