माछापुच्छ्रे बैंक पनि ऋणपत्र जारी गर्ने लहरमाः संझाैता संपन्न
Investopaper, चैत्र १५, २०७५
ऋणपत्र जारी गर्ने लहरमा माछापुच्छ्रे बैंक पनि खडा भएकाे छ , जसले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने छ।
बैंकले ऋणपत्र निष्काशन प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ। प्रवन्धक नियुक्त सम्वन्धी सम्झौंतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे।
ऋणपत्रका फिचरहरू यस्ता छनः
- जारी गर्न लागेकाे रकम रू ३ अर्व
- हजार रुपैयाँका दरले ३० लाख कित्ता
- १० दशमलब २५ प्रतिशत ब्याज
- ऋणपत्रको अवधि १० वर्ष
- ब्याज भूक्तानी ६/६ महिनामा
निष्काशित ऋणपत्रमा १८ लाख कित्ता प्राइभेट प्लेशमेन्ट र १२ लाख कित्ता सार्वजनिक निष्काशनबाट बिक्री गर्ने जानकरी गराएकाे छ।
