कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघ्यो,६० देशमा सङ्क्रमण।
इन्भेष्टोपेपर। फागुन १९, २०७६
विश्व स्वास्थ्य संगठनले निकालेको कोरोनाभाइरस सङ्क्रमण र मृत्यु बारे रिपोर्ट र डाटा निकालेको केही समयमै मृत्यु हुने संख्यामा बृद्धि भएको छ।
कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यसबारे ताजा जानकारी यो नक्सामा
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण। (२०२० मार्च २)

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा आधारित छ र यसमा केही संख्यामा बृधि भएको छ र २९८० को ठाउँमा मृत्यु हुनेको संख्या ३,००० पुगेको छ। सदैव सबैभन्दा ताजा तथ्याङ्क नहुन पनि सक्छ।
चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ।
कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन् र उक्त भाइरस गत डिसेम्बर महिनाबाट फैलिन थालेको थियो। चीनबाहेक अन्य १० देशमा पनि यसबाट मृत्यु भएको छ। इरानमा अहिलेसम्म ५० जनाको मृत्यु र इटलीमा ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ।
तर सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार बताएको छ। कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

के छ विश्वको स्थिति?
अहिले चीनमा सङ्क्रमणको दर घटेको भए पनि अन्यत्र ह्वात्तै बढेको छ। इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले आइतवार बताएको छ। त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा झन्डै १७०० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।यूकेमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपत्कालीन बैठक बोलाएका छन्।
सङ्क्रमित व्यक्तिमध्ये एक जना स्वास्थ्यकर्मी भएको जानकारी एनएचएसले दिएको छ। चीनबाहिर सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ४७६ जना सङ्क्रमित भेटिएका छन्।
त्यहाँ ४,२१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ। तीमध्ये ३,०८१ जना डेगु सहरका बासिन्दा हुन्। डेगुमा सङ्क्रमण भएका ७३ प्रतिशत मानिहरू एउटा गिर्जाघरसँग सम्बन्धित छन्। इरानमा सरकारी तथ्याङ्क थोरै भए पनि कोरोनाभाइरसका कारण कम्तीमा २१० जनाले ज्यान गुमाएको सूत्रहरूले बताएका छन्।
यो तथ्याङ्क हेर्दा विश्वभरनै यसको तरास बढ्दै गएको देखिन्छ र सबै देश एक जुट हुन र साबधान रहि यसबारे सम्बन्धित निकायले चेतना र सजक रहि आमनागरिकलाई सचेत गराउन जरुरी देखिन्छ।
-बीबीसी न्यूज-
