कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

इन्भेष्टोपेपर । असार ९, २०७७

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनु भएकाे छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भननुभयाे, विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ । उहाँले अझै पनि कोरोना भाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गर्नु भयाे ।

संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि व्यक्त गर्नु भयाे । राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उहाँको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ। अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गर्नु भयाे । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोना भाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आउनु भएकाे छ ।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरर्नु भएकाे छ । ती देशहरुमा अझै पनि धेरै कोरोना भाइरसबाट संक्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उल्लेख गर्नु भयाे । विश्वभरी पछिल्लो तीन महिना कोरोना भइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस संक्रमित भएको र त्यति नै संख्यामा संक्रमितहरु पछि आठ दिनमा बृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *