गिनिज बुकमा नाम अंकित विश्वकै होचा खगेन्द्र थापा मगरको निधन

माघ ४, २०७६ | Investopaper

गिनिज बुक अफ वरल्ड रेकर्डमा नाम अंकित विश्वकै होचा व्यक्ति बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ ।

निमोनियाले बिरामी भएका खगेन्द्र थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिनु भयाे ।

खगेन्द्रको तौल जन्मँदा ६०० ग्राम थियाे भने विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो । २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *