चीनको आर्थिक वृद्धि ३० वर्षयताकै सुस्त

माघ ४, २०७६ | Investopaper

चीन । चीनको आर्थिक वृद्धि करिब ३० वर्षयताकै सुस्त देखिएको छ । विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाका रुपमा रहेको चीनको आर्थिक वृद्धि सन् २०१९ मा ६.२ प्रतिशतले मात्र वृद्धि भएको छ । यो २९ वर्षकै सबैभन्दा सुस्त र खराब आर्थिक वृद्धि भएको बताइएको छ । कमजोर घरेलु माग र अमेरिकासँगको लामो व्यापार युद्धका कारण यो वर्ष चीनको आर्थिक वृद्धि सुस्त देखिएको हो ।

यद्यपी चीनियाँ सरकारले विगत दुई वर्षदेखि देशको आर्थिक वृद्धिलाई बढावा दिनका लागि विभिन्न प्रकारका उपायहरु भने अपनाइरहेको छ । अमेरिका र चीनका बीच करिब २ वर्षदेखि व्यापार तनावको अवस्था रहेको छ । यद्यपी बुधबार मात्रै दुई देशका बीचमा भएको पहिलो चरणको व्यापार सम्झौताले छिट्टै नै व्यापार युद्धको अवस्था साम्य हुने र दुई देशका बीचको सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।

सुस्त आर्थिक वृद्धिको नतिजा सार्वजनिक भएसँगै चीनले आर्थिक वृद्धिलाई प्रोत्साहन दिनका लागि विभिन्न उपायहरु अपनाउने जनाएको छ । चीनियाँ सरकारले आर्थिक सुस्तता हटाउनका लागि कर कटौती गर्ने र स्थानीय सरकारलाई पूर्वाधारका कार्यक्रमहरु विकास र विस्तार गर्नका लागि ठूलो मात्रामा बन्ड बेच्ने अनुमति दिने तयारी गरिरहेको बताइएको छ ।

देशका बैंकहरुलाई पनि अधिक मात्रामा ऋण विस्तार गर्नका लागि प्रोत्साहन गरिएको छ । विशेषगरी साना फर्महरुलाई अधिक ऋण प्रवाह गर्न भनिएको बताइएको छ ।

— एजेन्सीको सहयोगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *