ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड, ७६ प्रतिशतकाे हात खाली
इन्भेष्टाेपेपर । फागुन ०४,२०७७
बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ यही शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। कुल आवेदक मध्ये ७५.७ प्रतिशतकाे हात खाली हुनेछ ।
यस कम्पनीकाे आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ, जुन कम्पनीले बिक्रीमा ल्याएको आइपीओको ७.३७ गुणा धेरै हो।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ। त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ।
