ग्लोबल आइएमई बैंक र कतार एयरवेज बिच सम्झाैता
इन्भेष्टाेपेपर । फागुन ०७, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेज बीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रबर्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहक वर्गले अनलाइन बुकिङ्गमार्फत कतार एयरवेजको टिकट खरिदमा १०% सम्म छुट प्राप्त गर्नेछन् । आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथामुलुकबाहिर गरी सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदानगरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
