घलेम्दी हाइड्रोपावरको शेयर कारोबार शुभारम्भः १.३० बजे सम्मकाे अवस्था कस्ताे छ त ?
Investopaper, फतगुन ०५, २०७५ ।
खरिदविक्री शुभारम्भः
घलेम्दी हाईड्रोपावर कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ। नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल (GHL) कारोबार संकेत प्रदान गरेको छ।
नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। यस आधारमा घलेम्दीको आइतबार न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँभित्र सेयर कारोबार हुनेछ ।
कम्पनीले शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेकाे १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सूचीकरण गराएको थियो।
काराेवार स्थितिः
३०० रूपैयामा खरीद विक्रीकाे लागी खुला भएकाे कम्पनीकाे अाज १.३० वजे सम्मकाे काराेवारलार्इ हेर्दा पहिलाे काराेवार वाहेक केवल एक काराेवार भएकाे देखिन्छ । कुल ६० कित्ता शेयरकाे काराेवार भएकाेमा किन्नकाे लागी कसैले अर्डर राखेकाे पार्इदैन भने विक्रेताहरू भने देखिएका छन । पहिलाे दिन नै शेयर मूल्यमा अाधीभन्दा कम मूल्यमा (१४५ रूपैयां) बेच्न अर्डर राखेकाे अवस्था छ ।
सरकारले जलविद्युतमा लगानी गर्न प्राेत्साहित गरिरहेकाे बेलामा निजी क्षेत्रवाट संचालित धेरै हार्इड्राे कम्पनीहरूकाे मूल्य रू. १०० भन्दा तल (पार भेल्यु भन्दा कम) छन । यस्ताे अवस्था अवश्य साेचनिय नै मान्नु पर्छ । सरकारकाे घाेषणा सफलिभुत पार्ने हाे भने शेयर बजारकाे विकासकाे लागी सरकारले ठाेस कदम चाल्नुपर्नेमा सवै लगानीकर्ता र विज्ञहरूकाे राय रहेकाे छ ।
१.३० बजेकाे अवस्थाकाे चित्र अाफै वाेल्छ ।

