प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Investopaper, फागुन ०५, २०७५ ।

प्रभु बैंक लिमिटेड को वार्षिक साधारण सभा प्रयाेजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज गर्दै छ ।  यसअनुसार आज सम्मका कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन्।

बैंकको माघ २५ गते बसेको संचालन समितिकको बैंठकले सत्रौं वार्षिक साधारण सभा फागुन १९ गते हुने निर्णय भएको छ । जसको साधारण सभा फागुन १९ गते दिउँसो १ बजे बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौमा हुने भएको छ ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लगानीकर्तालाई ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । वाेनस शेयर पश्च्यात बोनस पश्चात वैंककाे चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।

सभामा ८ प्रतिशत बोनस शेयर वितरणका साथै संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्नेछ। बैंकको साधारणसभाबाट संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ । हाल बैंकमा संस्थापकको ६१.३१ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर स्वामित्व छ।

साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजादै छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *