चीनकाे रक्षा बजेट भारतकोभन्दा ३ गुणा बढी, अमेरीकाको तुलनामा एक चौथाई मात्र

इन्भेष्टाेपेपर । फागुन २४, २०७७

चीनले सन २०२१का लागि छुट्याइकाे रक्षा बजेटमा वृद्धि गरेसंगै भारतकाे रक्षा बजेटभन्दा ३ गुणा बढी पुगेकाे छ भने अमेरिकी रक्षा बजेकाे एक चौथाई मात्र पुगेकाे छ । चीनले सन २०२१ का लागि २०० अर्ब डलरबाट बढाएर २०९ अर्ब डलर पुर्याएको छ ।

चीनले सन २०२१को रक्षा बजेटमा ६.८ प्रतिशतले बढाएको छ । यो बजेट भारतको रक्षा बजेटभन्दा तीन गुणा बढी हो । भारतको रक्षा बजेट ६५.७ अर्ब(पेन्सन सहित) रहेको छ ।  

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यस वर्षको रक्षा बजेट १३५० अर्ब युआन अर्थात २०९ अर्ब अमेरिकी डलर बराबरको रहेको उल्लेख गरेको छ । चीनको रक्षा बजेट अमेरीकोभन्दा एक चौथाई रहेको छ । अमेरिकाको रक्षा बजेट ७४०.५ अर्ब डलर रहेको छ ।  

विश्वभरीको रक्षा क्षेत्रमा छुट्याएको बजेट १९१७ अर्ब डलर रहेको छ । सिप्रीको रिपोर्टका अनुसार २०१९मा विश्वभरीको रक्षा बजेट १९१७ अर्ब डलर रहेको उल्लेख गरेको छ । सन २०१८ कोभन्दा ३.६ प्रतिशतले बढ्दै आएको छ । यसमा शिर्षक पाँच देशले १.९१७ अर्ब डलरको ६२ प्रतिशत हिस्सा ओगट्ने गरेका छन् । 

— एजेन्सी ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *