चौतारी लघुवित्तको आईपीओ आजबाट, भर्न छुटाउनु होला है ?
INVESTOPAPER, December 5, 2018
काठमाडौं- चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट खुला गरिएको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ भने साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने छ ।
जम्मा ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको सर्वसाधारणको लागी निष्काशन गरेको छ।
यसले संस्थापकबाट ६७.४७ प्रतिशत र सर्वसाधारण (कर्मचारी)समेबाट ३२.२६ प्रतिशत गरी कुल १८ करोड ६० लाखको चुक्ता पुँजी पुर्याउने भएको छ । गत आव २०७४–७५ मा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै खुँद नाफा कमाएको यो वित्तीय संस्थाले चालू आवमै ३ करोड ७३ लाख नाफा गर्ने जनाएको छ ।
शेयर आवेदन एनआईबिएल एस क्यापिटल तथा सी आस्वामा आवद्ध सबै वित्तीय संस्थाबाट गर्न सकिने छ । यसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो । यसले इक्रा एनपि आईपिओ ग्रेड ४ अंक पाएको छ ।
