जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर

इन्भेष्टोपेपर । बैशाख २८, २०७

कठमाडौं । जनता समाजवादी पार्टी नेपाल कुनै पनि वैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वार्ता तथा तदनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै अहिले सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

 ठाकुरले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताउनुभएको छ ।विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रित रहेको जानकारी दिनुभएको हो ।

उहाँले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहने ठहर गर्नुभएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएकाे थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पनि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधित्व सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई  देशको प्रधानमन्त्रीक पदमा नियुक्ति गरिने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ््नो दाबी पेश गर्न आव्हान गरिसकिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *