जानकी मन्दिरमा पनि क्यूआर कोडबाट भेटी चढाउन सकिने
इन्भेष्टाेपेपर । फागुन २९, २०७७
एभरेष्ट बैंक लिमिटेडले जानकी मन्दिर, जनकपुरमा क्यूआर कोडबाट सम्पर्करहित भेटी चढाउने सेवा शुरु गरेको छ । समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बैंकले यस्तो सेवा शुरु गरेको जानकारी दिएको छ ।
बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा उक्त नयाँ सेवाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो ।
उक्त समारोहमा बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले यस सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्यू आर कोड प्रयोग गरी भेटी चडाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।
बैंकले आफ्नो १०२ शाखा संजाल, १३४ ओटा एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
