ज्योति विकास बैंकद्वारा विभिन्न अस्पताललाई बेबी वार्मर प्रदान
इन्भेष्टाेपेपर । माघ ३० २०७७
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट प्राथमिक स्वास्थ्य केन्द्र – रामगोपालपुर नगरपालिका वडा नं. ५ महोत्तरी, आम्दा अस्पताल – दमक नगरपालिका वडा नं. ०२ झापा र जिल्ला अस्पताल दिक्त्तेल, खोटाङ्गलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।
प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट क्षेत्रीय कार्यालय प्रमुख मोहन राज गिरी, शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहार कुमार दासलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।
आम्दा अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट क्षेत्रीय कार्यालय प्रमुख प्रेमश्वर शाक्य, दमक शाखाका शाखा प्रबन्धक संजय आचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
यसैगरि जिल्ला अस्पताल खोटाङ्गको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट दिक्त्तेल शाखाका शाखा प्रबन्धक रोहित दाहाल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा जिल्ला अस्पताल खोटाङ्गका अस्पताल प्रशासन प्रमुख रविन फुयाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।
