विश्वव्यापी कोरोना खोपका लागि बेलायतद्वारा १ अर्ब डलर जुटाउने घोषणा

इन्भेष्टाेपेपर । पुष २६, २०७७ 

लन्डन । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन १ अर्ब डलर जुटाउने बताएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।     
     
बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने पनि बताएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ ।     
     
क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ ।     
     
बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ ओटा विकासशील मुलुकका लागि कोषबाट १ अर्ब थान कोभिड–१९ को खोप वितरण गरिने छ ।     
     
विदेशमन्त्री डोमिनिक राबले जारी गरेको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने  कार्यक्रम रहेको छ ।  (रासस / एएफपी )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *