टेलिकमले लकडाउनकाे अवधिभर म्यादथप गर्ने, महशुल भुक्तानीमा जरिवाना नलिने

इन्भेष्टोपेपर । चैत्र १२, २०७६ 

कोरोना भाइरसकाे महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन गर्ने घोषणा गरेको सन्दर्भमा आफ्ना सेवाहरू अविच्छिन्न रूपमा प्रवाह गर्ने र महशुलमा तिर्न ढिला भएतापनि उक्त अवभिभर जरिवाना नलिने घाेषणा गरेकाे छ ।

नेपाल टेलिकमले यस कार्यका लागि आवश्यक समन्वय गर्ने ध्येयले मिति २०७६ चैत्र ११ गते निम्न अनुसारका निर्णयहरू गरिएको विज्ञप्ति माईमत ग्राहकवर्गलाइ जानकारी गराएकाे छ ।

१. पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने ।

२. कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *