दिग्गज धौरालीको प्रेमिल गीत ‘रंगभन्दा रंगीन’ सार्वजनिक

इन्भेष्टाेपेपर । फागुन ०१ २०७७

गीतकार दिग्गज धौराली नेपाली गीत संगीतमा पछिल्लो समय लोकप्रिय नाम हो। गजल लेखनबाट लोक दोहोरी हुँदै चलचित्रका गीतसम्म लेख्न भ्याएका धौरालीको प्रेम दिवसलाई लक्षित गरि प्रेमिल गीत ‘रंगभन्दा रंगीन’  बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक भएको छ।

यस गितमा वर्तमान समयको चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् । गितकार दिग्गज धौराली र संगीतकार अर्जुन पोखरेलको साँगितिक केमेस्ट्री लामो समयदेखि  खुब जमेको देखिन्छ । जितेन्द्र घिसिङको आवाज रहेको यस गितमा पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोतको अथाह माया पाउनेमा ढुक्क छन् गीतकार धौराली।

गोरखामा जन्मी हुर्केका उनी सानैदेखि नेपाली साहित्यमा अग्रसर थिए । उनै धौराली आज स्थापित गीतकारको रुपमा परिचित बन्न सफल भएका छन्। शब्द चयनमा विशेष ध्यान दिने धौरालीलाई पछिल्लो समयका सफल गीतकारमध्येका एक हुन्।

गीतकार धौरालीको यसअघि चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’, म यस्तो गीत गाउँछुको शीर्षगीत, मेलाको ‘सैबा होइ सैबा’, ‘कहाँ छ र जिन्दगीको भर तिमी बिना’ , ‘केटो अलि कमाउने होस्’ लगायत दर्जनभन्दा बढी गीत सुपरहिट छन् । धौरालीको शब्दमा प्रमोद खरेलको आवाज र अर्जुन पोखरेलको संगीतमा अर्को गीत चाँडै आउने तयारीमा छ ।

‘रंगभन्दा रंगीन’ गीतको भिडियोमा भने निराजन प्रधान र  श्रेया सिटौलाले अभिनय गरेका छन्। निशान कश्यपको निर्देशनमा तयार भएको भिडियो उत्सव दाहालले खिचेका हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *