धर्मशास्त्र अनुसार दारी र कपाल काटन कुन बार शुभ कुन बार अशुभ ?
इन्भेष्टोपेपर । फागुन २५, २०७६
धर्मशास्त्र अनुसार चल्नाले हाम्राे जीवन सुखमय रूपमा व्यतित हुने मानिन्छ भने धर्म मिच्दा हानी, पिडा र नकारात्मक उर्जाले कष्टदिने मानिन्छ । हुनपनि हाे, कुनै कार्य गर्दा शुभ दिन, शुभ साइतमा आरम्भ गर्दा हामीले केही गुमाउनु पर्दैन भने सन्तुष्टीकाे अपारता प्राप्त हुन्छ ।
त्यसैले यहाँ दारी, कपाल र नङ कुन कुन बार काटदा शुभ हुन्छ र कुन कुन बार काटनु / फाल्नु हुदैन भन्ने जानकारी पस्कदै छाै ।
कुन बार शुभ कुन बार अशुभ:
आइतबार: आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतकाे अनुशासन पर्वमा उल्लेख छ
सोमबार: सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।
मंगलबार: मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।
बुधबार: नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।
विहीबार: विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।
शुक्रबार: शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।
शनिबार: शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।
— एनेन्सीकाे सहयाेगमा
