प्राइम र कैलाशको एकिकृत कारोबार फागुन २९ गतेदेखि, २८ गते काराेवार बन्द
इन्भेष्टोपेपर । फागुन २५, २०७६
दुबै बैंकको साधारण सभाले एक आपसमा मर्जर/प्राप्तीमा जाने प्रस्ताव पारित गरे अनुरूप प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर फागुन २९ गतेदेखि एकिकृत कारोबारको थालनी गर्ने भएको छ।
प्राइम बैंकलाई नेपाल राष्ट्र बैंकबाट फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट फागुन २१ गते सम्पत्ति तथा दायित्व सकार्नेगरि एकिकृत कारोबार थाल्न अन्तिम स्वीकृति पाएसँगै बैंकले मिति तय गरेको हो।
एकिकृत कारोबार थाल्नका लागि एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकोले फागुन २८ गते एक दिन दुबै बैंकको बैंकिङ्ग, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु बन्द रहने बताइएको छ।
