नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबिच सहकार्य सम्वन्धि रम्झाैता

इन्भेष्टाेपेपर । माघ १६, २०७७

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएकाे छ ।

यस सम्झौता पत्रमा नविल वैंकका तर्फबाट एस.एम.ई. तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत र FWEAN का तर्फबाट अध्यक्ष रीता सिम्हाले हस्ताक्षर गर्नुभएकाे हाे । साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेतले नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने कार्यमा अगाडि बढेको बताउनुभयाे ।

त्यस्तै FWEAN का तर्फबाट रीता सिम्हाले महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहुँचका माध्यमबाट सहयोग गरेकोमा नबिल बैंकप्रति कृतज्ञ रहेकाे बताउनु भयाे ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । यसका साथै ती उद्यमीहरुले FWEAN बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जनाइएकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *