नबिल बैंक र सायल तथा पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ 

नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसंग समन्वय गरि साना तथा मझाैला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानिय निकायसंग सम्झौता गरेको छ ।

सोही उदेश्य अनुरुप डाेटी जिल्लाकाे सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र बैतडी जिल्लाकाे पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसंग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच एम.ओ.यु मा हस्ताक्षर सम्पन्न भयो ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियाे । गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका बीचकाे सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *