नयाँ नक्सा देखाउनका लागि मात्र होईन, भूमि फिर्ता लिएरै छोड्छौं : प्रधानमन्त्री ओली

इन्भेष्टोपेपर । जेष्ठ ०६ २०७७

नेपालले हालै भारतले लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरिसकेको छ । यस विषयमा आज संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताउनु भएको छ । उहाँले विगतमा भारतले त्यहाँ सेना राखेर विवादित बनाएको भन्नु भएको छ ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको जवाफ दिनुभयो । प्रधानमन्त्री ओलीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिनु भएको छ ।

उहाँले भन्नुभयो, ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं । हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’ कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *