नायिका अनुपमा परमेश्वरन र क्रिकेटर जसप्रीत बुमराह बिच चल्दैछ इलुइलु !

 एजेन्सी,  जेष्ठ ३०, २०७६

आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टिमका महत्वपूर्ण खेलाडी जसप्रीत बुमराह अहिले इंग्ल्याण्डमा छन् ।

जारी विश्वकपमा उनले उत्कृष्ट बलिङ गरिरहेका छन् भने टिमले पनि शत प्रतिशत नतिजा निकालेको छ । खेलेका दुई खेलमा भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरिसकेको छ ।

भारतीय क्रिकेटर बुमराहको  प्रेम समबन्ध अहिले फेरि बाहिर आएको छ । यसअघि बुमराह र राशी खन्ना सम्बन्धमा रहेको बताइएको थियो । तर जवाफमा राशीले बुमराह राम्रो क्रिकेट खेलाडी भएको आफूलाई थाहा भएको अन्य कुरा केही पनि थाहा नभएको जवाफ दिएपछि त्यो मामला सेलाएको थियो ।

तर अहिले बुमराहको नाम दक्षिण भारतीय चलचित्रकी नायिका अनुपमा परमेश्वरनसँग जोडिएको छ ।

भारतीय मिडियाका अनुसार यी दुई डेटमा पनि रहेका छन् । तर अनुपमाले भने आफूहरु राम्राे साथी मात्रै भएकाे प्रतिक्रिया दिएकी छिन् ।

अनुपमाले २०१५ मा ‘प्रेमम’ चलचित्रबाट डेब्यू गरेकी थिइन् । अहिले उनी असिस्टेन्ट डाइरेक्टरको रुपमा प्रोडक्सन हाउसमा काम गर्दै आएकी छिन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *